यस्तो छ, आजको मौसम पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहे पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । महाशाखाले शुक्रबारसम्मको मौसमको पूर्वानुमान सार्वजनिक गर्दै हिमपात तथा वर्षाको सम्भावना नरहेको जनाएको हो ।

बुधबार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । त्यस्तै बुधबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।



महाशाखाले भोलि विहीबार र पर्सी शुक्रबार पनि मुलुकका पहाडी भू-भागमा आंशिक बदली हुने पूर्वानुमान गरेको छ ।

सम्बन्धित समाचार