दैव पनि कतिसम्म निष्ठुरी हुन्छ । साथीहरुसँग खेल्ने क्रममा इटहरीमा एक बालिकाको घरको रेलिङबाट खसेर मृत्यु भएको छ । इटहरीका चर्चित पसल माई सपका सञ्चालक कृपा सिटौलाकी ६ बर्षिय छोरी सृष्टिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घरको रेलिङबाट झरेको थिईन । लडेर घाईते भएकी उनको आईसियुमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । साथीहरु सँग खेल्ने क्रममा उनी लडेको हुन् । यसमा कतै न कतै आमाबाबुको पनि गल्ती देखिएको छिमेकीले बताएका छन् ।