कोरोनाभन्दा एमसिसी भाइरस खतरनाक : सांसद महत

सत्तारुढ नेकपा सांसद गजेन्द्रबहादुर महतले एमसिसीबारे संसदमा गहन छलफल गर्न माग गरेका छन् । चीनमा फैलिएको कोरोना भाइरसले भन्दा ‘एमसीसी भाइरस’ले डर फैलिएको उनको भनाई थियो ।

बुधबार बसेको प्रतिनिधीसभाको बैठकमा बोल्दै महतले एमसिसीबारे अपव्याख्या भएको भन्दै सदनले व्याख्या गर्नुपर्नेमा जोड दिए । ‘अस्ति एकजनाले भन्नुभयो, सिसिएमले देश बर्बाद गर्ने भयो । बुझेरै भनेछ जस्तो लाग्यो । फेरी अर्को जनाले भन्नुभयो, सिएमसी भन्ने छलफल हुँदैछ रे । बुझेर मात्रै पास गर्नुहोला है!,’ नेकपा सांसद महतले भने, ‘के भनेको त भन्दा एमसिसी भनेको रहेछ । कसैले सिसिएम, कसैले सिएमसी भनेका छन् । यसको अपव्याख्या भइरहेको छ ।’



यसको अपब्याख्याले डर फैलाइरहेको उनको भनाइ थियो । ‘युट्युबमा कताकताको भिडियो हालेर सेनाले बुट बजारेको, क्षेप्यास्त्र हानेको भिडियो हालेर भ्रम फिजाइएको छ,’ सांसद महत भने, ‘कोरोना भाइरसको भन्दा एमसिसीको भाइरस तल्लो तहमा बढी देखिएको छ । संसदमा यसबारे बहस होस् र व्याख्या गरियोस् ।’

सम्बन्धित समाचार