कुवेतको मुतलामा बम पड्काएर ढुङ्गा फुटाउने क्रममा भएको दुर्घटनामा १३ नेपाली र एक भारतिय पुरिएका छन् । नेपाली श्रमिकहरु खाडलमै भएका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको हो ।
कुवेतले अहिलेसम्म सो दुुर्घटनामा पर्ने कामदारहरुको संख्या सार्वजनिक गरेको छैन । खाडलमा पसेका मजदुरहरुको एकीन संख्या पनि बाहिर आएको छैन । निर्माणस्थलमा कार्यरत अन्य श्रमिकहरुले दुर्घटनास्थलको तस्वीर सामाजिक सञ्जालमा राखेपछि घटना सार्वजनिक भएको हो।
उनीहरुका अनुसार अहिलेसम्म सुरक्षाकर्मीले ६ जना मजदुरको शव खाडलबाट बाहिर निकालेको छ। अन्यको खोजीकार्य भइरहेको छ। अरब टाइम्सले भने अहिलेसम्म चारजनाको शव निकालिएको समाचार प्रकाशन गरेको छ।