कुवेतको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । ढिस्कोले पुरिँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
ज्यान गुमाउने ६ जना नेपाली कामदारहरु मध्ये पहिचान खुलेका चार नेपालीहरुमा पाल्पाका एक बहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेका छन् ।
बाँकी दुई जना मृतकको स्पष्ट विवरण आउने क्रममा रहेको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।