प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । सरकारका दुईवर्षे उपलव्धीका बारेमा सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले आज दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए । ओली नेतृत्वको सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण प्रधानमन्त्रीले आजै सम्बोधन गर्न लागेको योगीले जानाकारी दिए ।
याता सरकारले भनेजस्तो गति लिन नसकेको भन्दै गत माघ १५ गते बसेको नेकपाकै केन्द्रीय कमिटी बैठकमा आलोचना भएको थियो । नेकपाका शीर्ष नेताहरुले पनि सरकारको आलोचना गर्दै आएका छन् ।