माइकल क्लार्कको डिभोर्स, असिस्टेन्टसँगको अफ्येर्सले वैवाहिक जीवन टुंगियो !

अष्ट्रेलियन पुर्व कप्तान माइकल क्लार्क आफ्नी पत्नीसँग अलग भएका छन् । क्लार्कले आफ्नी पत्नी काइली क्लार्कसँग ८ बर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गरेका छन् । क्लार्क र काइलीको एक छोरी रहेकी छन् ।

दुवैले सार्वजनिक घोषणा गर्दै आपसी समझदारीमा अलग भएको जानकारी दिएका छन् । मिडिया रिपोर्टका अनुसार क्लार्क आफ्नी पत्नीसँग पछिल्लो ५ महिनादेखि अलग रहेका थिए ।



क्लार्कले काइलीसँगको डिभोर्समा ४० मिलियन डलर दिएको चर्चा अष्ट्रेलियन मिडियामा रहेको छ ।

क्लार्कले अलग भएको घोषणा गर्दै भनेका छन्, ‘पछिल्लो केहि समयदेखि अलग रहेकाएल हामिले अहिले अलग हुने मुश्किल निर्णय गरेका छौ । हामी दुवैले एक अर्कालाई सम्मान गर्दै अलग हुने निर्णय गरेका छौ । हामीलाई आशा छ यो दुवैको हितमा हुने छ ।’

२०१८ मै क्लार्कको आफ्नी असिस्टेन्टसँग अफ्येर्सको रिपोर्ट बाहिर आएको थियो । क्लार्ककी असिस्टेन्ट साशाले क्लार्कको एकेडेमीको काम हेर्ने बताइएको छ ।

केहि समय अघि क्लार्क र साशाको तस्वीर सार्वजनिक भएको थियो । एक लक्जरी याचमा दुवैलाई रोमान्टिक मुडमा देखिएका थिए । सो तस्वीर सार्वजनिक भएपछि क्लार्कको वैवाहिक जीवन संकटमा परेको थियो ।

क्लार्कले भने आफ्नो बयानमा असिस्टेन्टसँगको सम्बन्धका बारे भने कुनै चर्चा गरेका छैनन् ।

क्लार्कले आफ्नो कप्तानीमा अस्ट्रेलियालाई २०१५ को विश्वकप जिताएका थिए । एक समयमा उत्कृष्ट ब्याट्सम्यान क्लार्क टी-२० क्रिकेटमा अस्ट्रेलियाको पहिलो कप्तान समेत हुन् ।

सम्बन्धित समाचार