टी–टेबलमा चढेर सलामी लिएका मेयर पौडेलले दिए घटनाबारे यस्तो बयान

शनिबार बाग्लुङको जैमिनी नगरपालिकामा प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ को उद्घाटन समारोह थियो। समारोहका प्रमुख अतिथि कारुपमा मलाई (इन्द्रराज पौडेल) निमन्त्रणा गरिएको थियो । बिहान १० बजे नै म प्रतियोगिता स्थलमा पुगेको थिए । त्यतिञ्जेल त्यहाँ उद्घाटन समारोहको तयारी हुँदै थियो। आयोजकले प्रतियोगिताबारे र उद्घाटनको शैलीबारे मलाई जानकारी गराइरहेका थिए।

त्यतिकैमा एक लाम विद्यार्थी मार्च पास गर्दै मेयरतिर लम्किँदै आए। प्रतियोगितामा भाग लिने खेलाडी पनि लाम लागे। खेलाडीहरु प्रमुख अतिथिको रुपमा मलाई सलामी दिने तर्खरमा थिए। त्यसपछि प्रमुख अतिथिले पनि खेलाडीलाई सलामी फर्काउनुपर्छ भन्ने कुरा आयो। त्यतिञ्जेल मेरो खुट्टा जमिनमै थियो।



जिल्लाबाट आमन्त्रित खेल रेफ्री र प्रशिक्षकले खेलाडीलाई जमिनमा टेकेर सलामी फर्काउन नमिल्ने कुरा राखे। त्यसो गर्दा खेलाडीहरुको अपमान हुने प्रशिक्षहरुले तर्क राखे ।

सुरुमा त मैले भुँइमै एउटा कपडा बिछ्याएर गरौं भने तर फेरि उहाँहरुले अलिक उचाइमै चढ्नुपर्छ भनेपछि म टेबलमा चढेको हुँ ।

त्यसपछि मैले टेबलमा उभिएर खेलाडीहरुलाई सलामी फर्काए। रेफ्रीहरुको कुरा मान्दा सामाजिक सञ्जालमा त्यसको गलत अर्थ लागेको छ। आगामी दिनमा यस्तो कुरामा म सचेत हुनेछु । फेरि यस्तो परिस्थिति आयो भने बरु जमिनमै टेक्छु तर टेबलमा चढ्दिन ।

सम्बन्धित समाचार