प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहार सूर्य थापाले ह्याक भएको भनिएको वेबसाईट प्रधानमन्त्रीको आधिकारीक साइट नभएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीकोे वेबसाईट भएको र ह्याक भएको भनिएको साइट नक्कली भएको उनले बताए ।
‘शनिबार केपी शर्मा ओली डट कम नामक वेबसाइट ह्याक भएको थियो । प्रधानमन्त्रीको अधिकारिक वेबसाइट भने केपी शर्मा ओली डट कम डट एनपी हो’ थापाले भने ।
थापाले शनिकार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :
दुष्टता र दुष्प्रचारको पनि हद हुन्छ !
सम्माननीय प्रधानमन्त्रीको वेभसाइट www.kpsharmaoli.com हो ।
कुनै फेक आइडी ह्याक भएको भन्दै यति सा-है रूवाबासी नगर्ने कि ‘खुमलटारूको दानापानी र संरक्षणमf ? पहिले लाजिम्पाटबाट आफ्नै हर्कतका कारण निश्कासित भएको संझने हो कि ??