नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।
काठमाडौको भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला शुरू भएको छ । नेपाली उत्पादनको बजार पवर्दन गर्ने उद्देश्यले माघ २९ देखि मेला शुरू भएको हो ।
मेलामा रन सुज, सुज ल्याण्ड, ल्याण्ड वाक, डिएर हिल्स र शिखर सुज ब्राण्डका जुत्ता चप्पलहरू राखिएका छन् । विभिन्न जुत्ता कम्पनीहरूले आयोजना गरेको व्यापार मेलामा बच्चादेखि बृद्धसम्म महिला पुरूष दुवैका लागि हुने विभिन्न ब्राण्डका जुत्ता चप्पल रहेका छन् ।
मेलामा विशेष छुटका साथ १ सय रूपैयाँदेखि १ हजारसम्मका चप्पल र २ सय ५० देखि ८ हजार रूपैयाँसम्मका जुत्ता विक्रीमा राखिएका छन् ।