सर्वोच्च अदालतको फैसलालाई अपव्याख्या गरेको छ : अधिवक्ता नेपाल

काठमाडौं महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई अपव्याख्या गरेको अधिवक्ता स्वागत नेपालले आरोप लगाएका छन् । साइनेज एसोसिएसन नेपालले आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा नेपालले कामपाले सर्वोच्चको फैसलाको अपव्याख्या गर्नु भनेको संघीयताकै धज्जी उडाउने काम भएको बताए ।

मापदण्डअनुसारका होर्डिङ बोर्ड राख्ने प्रावधान विश्वभर नै भएको भए पनि अनाधिकृत ढङ्गले लगाइएका होर्डिङ बोर्ड, भित्तेलेखन, फ्लेक्स, ब्यानर प्रिन्टले शहर नै प्रदूषित हुने गरेको उनको भनाई थियो ।



कार्यक्रममा वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले २०७१ साउन ७ गते अदालतमा मुद्दा दायर गर्दा कुनै पनि व्यवसायीहरूलाई अप्ठ्यारो पर्ने गरी आफूले मुद्दा दायर नगरेको स्पष्ट पारे । साथै, उनले अदालतको आदेश एक र कामपाको काम गराई अलग भएको आरोपसमेत लगाए ।

२०६८ सालमा बनेको ऐन अझसम्म कार्यान्यनमा नआएको र खाली ठाँउमा होर्डिङ बोड, पोस्टर, भित्तेलेखन गर्ने प्रवृति बढेको, जसले गर्दा शहर प्रदूषणको सिकार भएकोले यसप्रति कामपाको ध्यानाकर्षणसमेत गराए ।

सम्बन्धित समाचार