ब्लड क्यान्सर देखिएपछि पत्रकार कमल पौडेल उपचारका लागि काठमाडौंको सिभिल अस्पताल भर्ना भएका छन् । उनको उपचारमा करिब ३० लाख रुपैयाँ खर्च हुने अस्पतालले जनाएपछि अमेरिकामा बस्ने पत्रकारहरुले गोफन्डमीमा सहयोग संकलन अभियान सुरु गरेका छन् ।
२० हजार डलर संकलन गर्ने लक्ष्यका साथ सुरु गरिएको गोफन्डमीमा २३ फेब्रुअरीसम्म सहयोग गर्न सकिने जनाइएको छ । सहयोग संकलन अभियानका नेतृत्वकर्ता किशोर सापकोटाका अनुसार पहिलो दिन नै १ हजार ५ सय ६६ डलर उठेको छ ।
विभिन्न साप्ताहिक पत्रिकाहरु हुँदै नेपाल समाचारपत्रमा लामो समय काम गरेका पत्रकार पौडेल पछिल्लो समय विराटनगरबाट प्रसारण हुने मकालु टेलिभिजनमा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनी अध्यापनमा पनि संलग्न छन् ।