जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भू-भाग नजिक न्यून चापिय क्षेत्रको असर रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पूर्वी पहाडी भू-भागका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । बुधबार पनि देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
विहीबार पनि देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।