नेपाली बजारमा छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय रुपैयाँ तोकिएको छ। सोमबार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो । त्यस्तै मंगलबारका लागि तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ । सोमबार तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
बम
त्यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ तोकिएको छ । सोमबार पनि चाँदी प्रतितोला सोही मूल्यमै कारोबार भएको महासंघले जनाएको छ ।