संसदमा थापाको कटाक्षः दुई पटक विष्णु, विष्णु भन्नु लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरलाई व्यंग्य गर्दै स्वस्थानी ब्रत शैलीमा कथा सुनाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कदमलाई लिएर ब्यंग्य गरेका हुन् ।

उनले संसदमा भने, ‘कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु । थाहा पाइहाले होइन, होइन भन्नु । चित्त बुझाउन नसकेर अप्ठ्यरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र दुई पटक विष्णु, विष्णु भन्नु । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु, विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो र हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि, देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे, श्री स्वस्थानी व्रतकथाय बालुवाटार प्रकरण वर्णनम् प्रथमोध्याय ।’



सम्बन्धित समाचार