चीनबाट फर्किएका नेपालीलाई स्वास्थ्यमन्त्रीले भने-‘सरकार तपाईहरुसँगै छ, ढुक्क हुनुहोस’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन् । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुबाट उनले त्यहाँको अवस्थाबारे जानकारी लिए ।

क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फतभित्र रहेका नेपालीहरुसँग उनले सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गरेका हुन् ।



सो अवसरमा मन्त्री ढकालले क्वारेन्टाइनमा रहेका नेपालीसँग कुराकानी गर्दै सरकार तपाईसँगै रहेको र सबै सहयोग गर्न तयार रहेकाले नआत्तिन आग्रह गर्दै आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए । कन्ट्रोल कक्षबाट उनले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारेमा जानकारी लिएका थिए ।

जवाफमा भित्र रहेका नेपालीले सरकारले पुर्याएको सहयोगको बारेमा धन्यवाद व्यक्त गर्दै आफूहरु पूर्णरुपमा स्वस्थ्य र सरकारले गरेको व्यवस्थाप्रति निकै खुशी रहेको प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित समाचार