पितृसत्ताको जरो उखेलिन अझै केही वर्ष कुर्नुपर्छ: कानुनमन्त्री तुम्बाहाङ्फे

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता अझै केही वर्ष रहिरहने बताएकी छिन् । विराटनगर विमानस्थलमा बुधबार दिउँसो सञ्चारकर्मीसँगको कुराकानीमा नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले पितृसत्ताको जरो उखेलिन अझै केही वर्ष कुर्नुपर्ने बताइन् ।

‘यो धेरै वर्षदेखि गडेर बसेको हो, म खुलेर भन्छु, हामी पितृसत्ता हटाउने स्थान सम्म पुगेकै रहेनछौँ,’ उनले भनिन्, ‘यसका लागि नेपालका हामी नेतृत्व मात्र नभइ नागरिकमा चेतनाको विकास आवस्यक छ ।’



पितृसत्ता संस्थापक रुपमा विकास भएको उनको भनाइ छ। यसको प्रभाव महिलामा मात्रै नभइ पुरुष र सिंगो समाजमा परेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिइन्।

न्याय क्षेत्रको सुधारका लागि मन्त्री तुम्बाहाम्फेले सामान्य नागरिकमा समेत न्यायको महसुस र न्यायालयसम्म सजिलै पुग्ने वातावरण बनाउने दावी गररिन् ।

उपसभामुखबाट सभामुख हुन नसकी पदबाट राजीनामा दिनुलाई पाटीले पदच्यूत गरेको भनेर बुझ्न नहुने भन्दै उनले आफूलाई पार्टीले अन्याय गरेको महसुस नभएको बताइन् ।

सम्बन्धित समाचार