विहीबार देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले विहीबार देशभरिकै मौसम एकैछिन खुलिहाले पनि फेरि बादल लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार दिउँसो पहाडी क्षेत्रको थोरै ठाउँमा हल्का पानी र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना छ । यस्तै विहीबार रातिदेखि यो प्रणाली अझै सक्रिय हुने देखिएकाले राति देशभरिकै मौसम बदली भइ केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको उनले जानकारी दिए ।
विहिबारभन्दा शुक्रबार देशका धेरै ठाउँमा हिउँ र पानी पर्ने छ । शनिबारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद् पौडेलको भनाइ छ ।