प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैको पनि मुख नहेरी एक्सन लिने बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पदमा पुर्याउनुको अर्थ लुट्न छुट नभएको भन्दै आफूले भ्रष्टाचार गर्नेको मुख नहेरी कारबाही गर्ने बताए ।
भ्रष्टाचारप्रतिको शून्य सहनशीलता भन्ने मात्रै कुरा नभइ काम गरेर देखाउने आफ्नो बानी रहेको प्रधानमन्त्रीको भनाइ छ ।
‘सुशासनका लागि चाल्नुपर्ने कदममा म हिच्किचाउँदिन,अफ्ठ्यारा र कठिनाइ त अवश्य आउँछन्, कहिले कहिले मलाई मान्छेहरुले भन्छन्- तेरो पद धरापमा पर्ला नि भनेर, तर मलाई पद धरापमा पर्ला भन्ने चिन्ता लाग्दैन, मैले त सिस्टम बनाउने हो ।’