ओली, प्रचण्ड र राष्ट्रपतिबीच बाँस्कोटाबारे छलफल

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न महाराजंगस्थित राष्ट्रपति निवास पुगेका छन् । नेकपा केन्द्रीय सचिवालयको बैठक सकिएलगत्तै शनिबार साँझ अध्यक्षद्वय राष्ट्रिपति निवास पुगेका हुन् ।

सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा ‘कमिसन डिल’ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका संचार मन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राष्टपतिसँग उनीहरुले छलफल गरेको बुझिएको छ ।



यसअघि नेकपा सचिवालयको बैठक बसेको थियो । बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस र एमसीसीबारे छलफल भएको थियो ।

बैठक मुख्यगरी सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन माग गरेको अडियो प्रकरणपछि उत्पन्न परिस्थिति र शुक्रवार एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनको विषयमा छलफल भएको थियो ।

बैठकमा नयाँ सञ्चारमन्त्री र सहरी विकास मन्त्री चयनका विषयमा पनि छलफल भएको बालुवाटार निकट श्रोतको भनाइ छ ।

सम्बन्धित समाचार