नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा छलफल भएको छ । शनिबारको बैठकमा नेताहरुले गौतमलाई राष्ट्रियसभा सदस्य बन्न आग्रह गरेका थिए । युवराज खतिवडाको स्थानमा उनलाई राष्ट्रपतिबाट मनोनयन गरिने प्रस्ताव बैठकमा राखिएको स्रोतले जानकारी दिएको छ ।
उद्दपी यस विषयमा गौतमले निर्णय नदिएका कारण बैठकले यो विषयमा कुनै निर्णय गरेन । तर नेताहरु सबै सहमत भएकाले गौतमले आफ्नो निर्णय सुनाउनसाथ राष्ट्रियसभाको सांसद बनाउने निर्णय गरिनेछ । यसअघि गौतम राष्ट्रियसभामा जान अस्वीकार गर्दै आएका थिए ।
उनले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राखेमात्र राष्ट्रियसभामा जाने बताउँदै आएका थिए । प्रधानमन्त्री केपी ओलीले नै शनिबारको बैठकमा प्रस्ताव राखेपछि उनले आइतबार निर्णय दिने जवाफ दिएका छन् । गौतमलाई सरकारमा पनि सहभागि गराउने गरी राष्ट्रिय सभामा लैजान खोजिएको स्रोतको दाबी छ ।