संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपाले मुलुकमा लुट र चरम भाष्टचार गरेको आरोप लगाएका छन् । कपिलबस्तु मायादेवी गाँउपालिका १ पकडी राखीमा गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेकपाले चरम भ्रटाचार गरिरहेको आरोप लगाएका हुन् ।
उनले अहिलेको सरकार भन्दा राजा महेन्द्र जनताका लागि राम्रो भएको धारणा राखे । उनले भने, स्वर्गिय राजा महेन्द्रले भूमि सुधार ऐन ल्याएर गरिबहरुलाई आफनो हकअधिकार दिलाएका थिए तर, अहिलेको सरकारले वाइडबडी कण्ड, यति काण्ड, भ्रष्टाचार गर्ने काम मात्रै गरेको छ । उनले भ्रष्ट कम्युनिष्टहरुले महेन्द्रको आलोचना गर्न नसुहाउने बताए । उनले संविधानमा धेरै त्रुटि भएको भन्दै त्यसलाई सुधार गर्न नसकिए यो संविधानको औचित्य नरहेको जिकिर समेत गरे ।
कार्यक्रममा स्वतन्त्र चुनाव जितेका कपिलबस्तुको शुद्धोधन गाँउपालिका अध्यक्ष निसार अहमद खाँ , नेपाल जनता पार्टी जिल्ला अध्यक्ष सुनिलकुमार पान्डेय , कासीनाथ पाठक , प्रेमनाथ तिवारी , मनोज यादव वडा अध्यक्ष लगायतले समाजवादी पार्टीमा प्रवेश गरका थिए ।