भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सबै राजनीतिक दल समृद्धिका लागि मिलेर अगाडि बढ्नुपर्ने बेला आएको बताएकी छन् । स्याङ्जाको भीरकोट–१ बयरघारीस्थित सिसौघारी खेल मैदानमा जारी दोस्रो भीरकोट महोत्सवको आज समापन समारोहमा मन्त्री अर्यालले विकास र राजनीतिक स्थिरताका लागि लडेका राजनीतिक दलहरु अब एकैठाउँमा उभिएर समृद्धिका लागि लाग्नुपर्नेमा जोड दिएकी हुन् ।
‘केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानमा रहेको छ’, मन्त्री अर्यालले भनिन्, ‘सरकारले सबैसँग सहकार्य गर्न चाहन्छ, सरकारले हात फैलाएको छ, विकासका लागि सबैसँग सरकार सँगै हिड्न चाहन्छ ।’
मेला महोत्सवका कारणले यहाँका सम्भावनाको पहिचान गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउँदै आर्थिक विकास गर्नमा टेवा पुग्ने मन्त्री अर्यालको भनाइ थियो ।