सरकारविरुद्ध कांग्रेस, समाजवादी र राजपाबीच मोर्चाबन्दी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीन दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने भएका छन् । प्रमुख प्रतिपक्षको भूमिका कमजोर भएकोप्रति आलोचना भइरहँदा कांग्रेसले विपक्षी समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)लाई समेटेर मोर्चाबन्दी गरेको छ ।

सोमबार कांग्रेस संददीय दलको कार्यालय सिंहदरबारमा तीन दलबीच मोर्चाबन्दीको समझदारी बनेको हो । भ्रष्टाचार र सुशासनको मुद्दा साझा भएकाले प्रतिपक्षी दल एक हुनुपर्ने र सदन अवरुद्ध नगरी सदनमै आवाज उठाउनुपर्ने राजपा र समाजवादीका नेताहरूले कांग्रेससँग भनेका थिए । उनीहरूले भने, ‘हामी भ्रष्टाचार र बेतिथिका विषयमा बोल्ने हो । सदनमै विषयको उठान गरौं । सदन अवरुद्ध नगरौं ।’



राजपा र समाजवादीको उक्त विषयमा सहमति जनाउँदै कांग्रेसले सदन अवरोध नगर्ने निर्णय गरेको नेता अतहर कमाल मुसलमानले जानकारी दिए ।

सम्बन्धित समाचार