आज देशभर शैक्षिक आमहड्तालको घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले आज शैक्षिक आमहड्तालको आह्वान गरेको छ । विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल सफल पार्न आह्वान गरेको छ ।

काठमाडौं जिल्ला अध्यक्ष डीबी शाहीले मंगलवार जारी गरेको विज्ञप्तिमा शैक्षिक हड्ताल सफल पार्न सम्बन्धित सबैलाई सहयोग गरिदिन आह्वान गरेका छन् । संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेको विरोधमा फागुन १४ गते बुधवार विप्लव नेकपाले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ ।



फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरिरहेको बेला काठमाडौंबाट क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई पक्राउ गरिएको थियो । नेताहरूविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुदा लगाएको छ ।

विप्लव नेकपाले आयोजना गरेको शैक्षिक हड्तालका कारण केही विद्यालयहरु बन्द भएका छन् केही खुलेका छन् । बन्दको आंशिक प्रभाव परेको छ ।

सरकारले विप्लव नेकपामा आवद्ध नेता कार्यकर्तालाई पक्राउ गर्दै हिरासतमा राख्दै आएको छ ।

सम्बन्धित समाचार