पूर्व डिआइजी रमेश खरेलले सुशासनका लागि अभियान चलाउन लागेको भएपछि पार्टी खोल्ने हल्लामा सत्यता नभएको बताएका छन् । आफूले पार्टी खोल्न लागेको नभई अभियानमात्र चलाउन लागेको उनले स्पष्ट बताएका छन्। ‘हाम्रो नेपाल हामी नेपाली अभियान सुरु गर्न लागेका हौं।
देशमा सुशासनका लागि अभियान चलाउने योजना हो । यसको औपचारिक घोषणा भोलि गर्छौं,’ उनले भने,‘हामीले राजनीतिक दल खोल्न लागेका होइनौं।
यो एउटा अभियान हो, लुज फोरम जस्तो हो । यस अभियानमा सबै जोडिन सक्नुहुन्छ ।’ खरेलले प्रहरीमा विभेद भएको भन्दै केही वर्षअघि डीआईजीबाट राजीनामा दिएका थिए ।