नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ फागुन ।
मुक्तिनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी, घरजग्गा तथा फ्ल्याटर/पार्टमेन्टमा भएको स्व–लगानीमा ‘डेप्ट लिभरेज’ लिने गरी ‘इक्विटी फाइनान्सिङ’ गरिने र अन्थ बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनः लगानी गर्न सकिने गरी ‘मुक्तिनाथ घर पूँजी कर्जा’ सञ्चालनमा ल्याएको छ । घर पूँजी कर्जा आकर्षक ब्याजदरमा १५ वर्षको लागि लिन सकिने बैंकले जनाएको छ ।
बैंकले मुक्तिनाथ सरल व्यवसायिक कर्जा पनि सञ्चालनमा ल्याएको छ । यस कर्जा विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालुपूँजी स्व–लगानीमा फाइनान्सियल लिभरेज लिने गरी उद्योग, व्यापार एंव सेवामूलक संस्था व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने संरचना/पूर्वाधारमा लाग्ने पूँजीगत खर्चहरू परिपूर्ति र मौज्दात, आसामी, पेश्की लगायत स्थायी प्रकृतिका चालुपूँजी आवश्यकता पूरा गर्न तथा दैनिक कार्य सञ्चालनको लागि आवश्यक पर्ने अन्य कार्यशील पूँजीको लागि प्रदान गरिने बैंकबाट प्राप्त प्रेस रिलिजमा उल्लेख गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाइल बैंकिङ्ग, क्युआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको छ ।