नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि राष्ट्रिय सभा सदस्य नियुक्त गर्न कसैलाई पनि सिफारिस नगर्ने मनस्थिति बनाएका छन्। आफू पनि उपस्थित सचिवालय बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेपनि ओलीले अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेका थिए।
उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर सचिवालयको निर्णय नमान्ने पनि बताइसकेका थिए। तर अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लगायत नेताहरू वामदेवलाई सिफारिस गर्नैपर्नेमा अडिग भएपछि प्रधानमन्त्री ओलीले तत्काल दुबै जनालाई सिफारिस नगर्ने मनस्थिति बनाएका हुन्।
ुदुई वर्षअघि पनि राष्ट्रपतिबाट नियुक्तहरू सदस्यको सपथ फागुन २५ गते भएको थियो। त्यही भएर खतिवडाको म्याद २० गते सकिन्न,ु बालुवाटार स्रोतले भन्यो,ुत्यही भएर २१ गते नै सपथ लिनुपर्छ भन्ने छैन। यो विषयमा पार्टीभित्र अझ गहन छलफल गर्ने सोचमा प्रधानमन्त्री हुनुहुन्छ।ु
गत माघ ९ गते भएको राष्ट्रिय सभा चुनावका निर्वाचित सदस्यहरूको सपथ फागुन २१ गतेका लागि तोकिएको छ।
राष्ट्रिय सभाका अरू निर्वाचित सदस्यहरूलाई फागुन २१ गते नै सपथ गराएपनि राष्ट्रपतिबाट मनोनित हुने सिट अहिलेलाई खाली राख्ने मनस्थितिमा प्रधानमन्त्री छन्। सो सिटमा अर्थमन्त्री खतिवडाको सट्टा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउनुपर्ने नेकपा सचिवालयका बहुमत सदस्यको राय छ।
प्रधानमन्त्री ओली भने युवराज खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिन चाहन्छन्।