मौसम पूर्वानुमानः आज मेघ गर्जन र चट्याङसहित वर्षा

यतिखेर देशको पश्चिमी भूभागको मौसममा सामान्य बदली देखिएको छ । धनगढीलगायत केहि स्थानमा आज बिहान पानी परेको मौसमविद सजिना शाक्यले जानकारी दिइन्। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले अनुमान गरेको छ ।

अपरान्हपछि भने पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । आज राति पनि देशको पश्चिमी भूभागका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ।



आज ९आइतबार० दिउँसो काठमाडौं उपत्यकाको तापक्रम २५ डिग्री सेल्सियस पुग्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ दशमलब ८ डिग्री सेल्सियस मापन भएको छ।

सम्बन्धित समाचार