नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।
प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रर्दशन गरेको छ । आरआर क्याम्पस, विश्वभाषा क्याम्पस र ल क्याम्पसको संयुक्त आयोजनामा नेपाल विद्यार्थी संघले आइतबार बिहान विरोध प्रर्दशन गरेको हो ।
नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने, ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष छानविन गरिनु पर्ने, निर्वतमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई छानविन गरी कारबाही गरिनु पर्नेआदि माग राखेको छ ।
प्रर्दशनका क्रममा सरकारविरूद्ध नाराबाजी गरेको नेविसंघले प्रधामन्त्रीको समेत राजीनामा माग गरेको छ । त्यसैगरी नेविसंघले इन्धन लगाएको अतिरिक्त कर र पुस्तकमा लगाएको आयात करको खारेजीको मागसमेत गरेको छ ।
सरकार गठन भएका मितिदेखि आजका दिनसम्म करको बोझ र मङ्गी बढाएर जनताको ढाड भाँचेर सरकारका मन्त्रीहरू करडौको भ्रष्टाचारमा लिप्त भएर सधै जनविरोधी कार्य गरेको भन्दै नेपाल विद्यार्थी संघले शुक्रबार विज्ञप्ति जारी गरी देशभरका क्याम्पस अगाडि प्रर्दशन गर्ने जनाएको थियो । सोही अनुसार नेविसंघले आइतबार सरकारविरूद्ध प्रर्दशन गरेको हो ।