कोरोना देखिएन विमानका चालक सदस्यहरुमा, आजै क्वारेन्टाइनबाट घर पठाइने

चीनबाट नेपालीलाई उद्धार गर्न गएको विमानका चालक दलका सदस्यको कोरोना परीक्षण नेगेटिभ देखिएको छ । आइतवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य सचिव खगराज बरालले नेपालीको उद्धारका लागि गएको विमानका चालकदलका १८ जना सदस्यको कोरोना परीक्षण नेगेटिभ पाइएको हो ।

विमानका चालक दलका १८ जना सदस्यलाई चीनबाट आएपछि नगरकोटको क्वारेन्टाइनमा राखिएको थियो । सचिव बरालका अनुसार हिजो दोस्रोपटक गरिएको स्वाव परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको छ ।



दोस्रोपटकको परिक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरूलाई क्वारेन्टाइनबाट आज निकालिने सचिव बरालले जानकारी दिए । ट्रान्जिटको क्रममा कोरोना संक्रमण देखिनसक्ने भन्दै उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो ।

चालक दलबाहेक खरीपाटीमा रहेका नेपालीको परीक्षण नतिजा नआइसकेको उनले जानकारी दिए । चीनको वुहानबाट फागुन ४ गते १ सय ७५ जना नेपालीलाई स्वदेश ल्याइएको थियो । नेपाल ल्याइएसँगै उनीहरुलाई भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

सम्बन्धित समाचार