सिभिल बैंकको शाखा अब बाङ्गेमुढामा पनि

समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो शाखा सञ्जालमा विस्तार गर्ने क्रममा काठमाडौंको बाङ्गेमुढामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमका बीच सिभिल बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ्ग तथा काठमाडौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष नीलकाजी शाक्यले संयुक्तरूपमा नयाँ शाखाको समुद्घाटन गरे ।

सो अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेलस्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षा कोठा मर्मतसंभार तथा सजावटको लागि रु.२५,०००÷– को आर्थिक सहयोग पनि प्रदान गरियो । सो सहयोग रकम
सिभिल बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ्गद्वारा प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरिएको बैंकद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ ।



बाङ्गेमुढा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ्गले बैंक आर्थिक उन्नतिको सहयात्री भएको कुरा उल्लेख गर्दैै यस क्षेत्रको समग्र आर्थिक विकासको लागि सिभिल बैंकले स्थानीय निकाय तथा त्यहॉका उद्यमी व्यवसायीसँग सहकार्य गरी अगाडि बढ्ने पनि जानकारी गराए ।

यसैक्रममा महानगरपालिका वडा नं. २५ का अध्यक्ष नीलकाजी शाक्यले त्यस क्षेत्रमा सिभिल बैंकले आफ्नो शाखा विस्तार गरी सो क्षेत्रको सामाजिक तथा आर्थिक उन्नतिमा टेवा पु¥याउने कुरामा विश्वस्त रहेको बताए भने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले त्यस क्षेत्रका वचतकर्ता तथा उद्दमी व्यवसायीहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा उपलव्ध गराउने प्रतिबद्घता जनाए ।

सम्बन्धित समाचार