बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार (आज) अस्पताल भर्ना हुँदैछन् । प्रधानमन्त्री ओलीलाई उनकी भान्जीले मिर्गौला दिने भएकी छिन् । यसअघि पहिलोपटक भारतको एपोलो अस्पताल गरिएको प्रत्यारोपणमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मृगौला दिएकी थिइन् । दोस्रोपटको भने अन्जनाकी भान्जीले ओलीलाई मिर्गौला दिन लागेकी हुन् ।
फागुन ११ गते जन्मदिनका दिन प्रधानमन्त्री ओलीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दिने महिलाबारे जानकारी गराएका थिए । त्यस दिन भने प्रधानमन्त्री ओली आफैले ती महिलाको परिचय गराए । सचिवालयका उपस्थित सदस्यहरूलाई ओलीले भनेका थिए, ‘मलाई मिर्गौला दिने उनी नै हुन् ।’
नातामा ‘भान्जी’ पर्ने उनलै महिलाले प्रधानमन्त्रीलाई मिर्गौला दान गर्न लागेकी हुन् । उनी समीक्षा संग्रौला ज्ञवाली रहेको जनाइएको छ । ३२ वर्षीया समीक्षा झापाकी हुन् । चारआलीकी उनी ओलीलाई पहिलोपटक मृगौला दिने अन्जान घिमिरेकी भान्जी हुन् ।
शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मिर्गौला दिने समिक्षाको नाम फाइल रेकर्ड बुक दर्ता गरेको छ । समीक्षाको दाहिनेतर्फको ‘१०.२ बाई ३.८ सीएम’ आकार रहेको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिनेछ।
प्रधानमन्त्री ओलीको मिगौला प्रत्यारोपण शिक्षण अस्पतालका यूरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्राडा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ ।