कोरोना संक्रमण नियन्त्रण गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तत्काल अत्यावश्यक कदम चाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनाको संक्रमण फैलन नदिनका लागि अत्यावश्यक उपायहरु तत्काल अपनाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालयसहितलाई विपक्षी बनाएर दायर गरेको रिटमा न्यायाधीश तेजबहादुर केसीको इजलासले सुनुवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेका हुन् ।



सम्बन्धित समाचार