सोनुको त्यो स्माइल, जसलाई अर्बौको कम्पनीले आफ्नो प्रोफाइल बनायो (भिडियाे सहित)

आजकाल अधिकाशं मानिस सामाजिक सञ्जालको प्रयोग गर्दछन् । एकैसाथ करौडौ मानिसको पहुचमा रहने भएकाले पनि सामाजिक सञ्जालमा कुनै नौलो र केही फरक भेटिएपछि त्यो एकाएक भाइरल हुने गर्दछ ।

यस्तैमा भारतका एक डेलिवरी ब्वाईको भिडियो भाइरल भएको छ । जहाँ उनको हासो अर्थात स्माइलले नै उनलाई चर्चित बनाएको हो ।



 भिडियो

भाइरल भिडियोमा देखा परेका डेलिवरी ब्वाइ हुन् सोनु । उनी जोमेटो नामक फूड डेलिवरी कम्पनीमा कार्यरत छन् । खासमा उनी एक ग्राहकको अर्डर दिन गएका थिए । जहाँ सोनुले आफ्नो कमाई तथा कामका बारेमा बडो सुन्दर तवरले हाँसेर जवाफ दिएका छन् ।

उनको यही हाँसो नै उनलाई चर्चित बनाउने साधन बनिदियो । सोनुको स्माइलकै कारण फ्यान भएका ग्राहकले अब जोमेटोसंग सोनुलाई नै अर्डर पठाउन अनुरोध गर्न थालेका छन् ।

उनको चर्चा चुलिएसंगै जोमेटो इण्डियाले शुक्रवार आफ्नो ट्विटर हैण्डल सहित अन्य सबै सामाजिक सञ्जालको सोनुकै हाँसोको प्रोफाइल राखेको छ ।

सम्बन्धित समाचार