रोमन क्याथालिक चर्चका सर्वोच्च धर्मगुरु पोपलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । केही दिनदेखि रुखा–खोकीबाट ग्रस्त भएका ८३ वर्षे पोपमा कोरोनाको संक्रमण भएको हुन सक्ने आशंकामा नमूना परीक्षण गरिएको थियो ।
परीक्षणको रिपोर्ट आएको र उनमा कोरोनाको संक्रमण नदेखिएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् । गएको हप्ताले पोपले धेरै सार्वजनिक कार्यक्रमहरु रद्द गरेका थिए ।
युरोपमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको देश हो इटाली । त्यहाँ अहिलेसम्म दुई हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म इटालीमा ५२ जनाको मृत्यु भएको छ ।