‘सरकार र उद्योगी व्यवसायीको बीचमा पुल बनेर काम गर्छु’

नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका व्यवसायी चन्द्र ढकालले तीन तहका सरकार र उद्योगी व्यवसायीको बीचमा पुलको काम गर्नको लागि आफूले नेतृत्व दाबी गरेको बताएका छन् । उद्योग वाणिज्य सङ्घ बागलुङको ५६ औं साधारणसभामा आज यहाँ आयोजित कार्यक्रममा ढकालले सरकारले निजी क्षेत्रसँग सरोकार राख्ने कानूनको निर्माण गर्दा सम्बन्धित पक्षको राय लिनुपर्ने बताए ।

सङ्घले यस वर्ष वाणिज्य सङ्कायतर्फ उत्कृष्ट (१०९४) अङ्क ल्याउने धौलागिरि बहुमुखी क्याम्पसकी कमला विकलाई नगद रु पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । उत्कृष्ट व्यवसायीतर्फ यस वर्ष शिवशङ्कर शाह, छविलाल पौडेल, रघुनाथ राजभण्डारी र सुजन लामिछानेलाई सङ्घले सम्मान गरेको हो ।



साधारणसभाको अवसरमा सङ्घ र कालिका भगवती गुठीले अतिविपन्न विद्यार्थीले अध्ययन गर्ने बानपा–१२ अमलाचौरमा रहेको जगन्नाथ प्राविलाई शैक्षिक सामग्री, पोशाक र झोला सहयोग गरेका छन् । विद्यालयमा २८ विद्यार्थी अध्ययनरत छन् । सङ्घका कोषाध्यक्ष श्रीजय श्रेष्ठले झोला, कालिका भगवती गुठीले शैक्षिक सामग्री र सङ्घले पोशाक खरिदका लागि रु १५ हजार नगद प्रदान गरेको थियो ।

सम्बन्धित समाचार