प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षाका बुवाआमा के भन्छन् ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र मिर्गौला दिने समीक्षा संग्रौला नाताले मामा भान्जी हुन् । ३२ वर्षीया समीक्षाले बुधबार प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी हुन् । समीक्षाले मिर्गौला दिएपछि प्रधानमन्त्री ओलीको दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ ।

समीक्षाका बुवा मेदनी संग्रौला र आमा मुना संग्रौला छोरीको आँट देखेर खुसीले गद्गद् छन् । ‘छोरीलाई एकदम धन्यवाद दिन्छु, छोरीको आँट हिम्मत देखेर खुसी लागेको छ। उनले आँट गरेर प्रधानमन्त्रीलाई मिर्गौला दिएकी छन्’, समीक्षाकी आमा मुनाले भनिन् ‘स्वास्थ्य लाभको कामना छ । राम्रो होस् । हामी पशुपतिनाथसँग प्रार्थना गर्छौं। एकदम राम्रो होस् ।’



समीक्षाका बुवा मेदनीले प्रधानमन्त्री र छोरीको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘प्रधानमन्त्री जीलाई स्वास्थ्य लाभको कामना गर्छु’, समीक्षाका बुवा मेदनीले भने, ‘छोरी समीक्षाले आँट गरेर मिर्गौला दिइन् उनलाई पनि स्वास्थ्य लाभको कामना गर्छु ।’

प्रधानमन्त्री ओलीको परिवारसँग समीक्षाको परिवारको राम्रो सम्बन्ध छ। उनीहरुले दसैंमा प्रधानमन्त्री ओलीबाट टीका लगाउने गरेका थिए । पाल्पाका कमल ज्ञवालीसँग विवाह गरेकी समीक्षाको माइती झापा हो । समीक्षाका श्रीमान नेपाली सेनामा कार्यरत छन् भनेर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सम्बन्धित समाचार