महिलाहरूलाई एनआईसी एशिया बैंकको विशेष योजना

एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरूलाई विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात २०७६ फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा रू. १० हजार सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका महिला ग्राहकहरूले मो–बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्युआर पेमेन्टलगायतका भुक्तानीहरूमा यो योजना लागु हुनेछ । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन । यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहकहरूलाई सम्मान गर्नुका साथै उनीहरू डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहित हुने बैंकले विश्वास लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।



बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकहरूले पर्याप्त फाइदा उठाउदै आएको तथा बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक रू. १५ हजार ४०० सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक रू. ६ हजार सम्मको लाभ ग्राहकहरूले पाइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

बैैंकले डिजिटल बैकिङ्गलाई प्रवद्र्धन गर्न २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २५ प्रतिशतसम्म छुट ग्राहकहरूले प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । डिजिटल फस्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकका रूपमा स्थापित हुन सफल भैसकेको यस बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रूपमा अघि बढिरहेको उल्लेख छ ।

सम्बन्धित समाचार