कहाँ गायब भयो ग्यास ?

उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ । कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन् ।

भूकम्प र नाकाबन्दीका समयमा तर्सिएका उपभोक्ताले त्यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यकभन्दा बढी सिलिन्डर भरेर जम्मा गरेका हुन् । उपत्यकामा दैनिक ७ हजार संख्यामा सिलिन्डर माग बढेको व्यवसायीले बताएका छन्।



केही दिनदेखि ग्यास बिक्री हुने व्यापारिक प्रतिष्ठानमा निकै लामो लाइन लाग्न शुरु भएको छ। नेपाल आयल निगमका अनुसार मध्यमवर्ग र उच्चवर्गले कम्तीमा पाँचदेखि १० वटासम्म सिलिन्डर राखेका छन् ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सामान्य अवस्थामा चारजनाको परिवारलाई मासिक एउटा सिलिन्डरले पुग्थ्यो । अहिले त्यस्ता परिवारले पाँचवटासम्म सिलिन्डर जम्मा पारेका छन् । उनले चारजनाभन्दा बढी पारिवारिक सदस्य भएकाले १० वटासम्म सिलिन्डर भरेको दाबी गरे, भनेर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सम्बन्धित समाचार