कोरोनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी

विश्वका ११४ भन्दा बढी देशहरूमा महामारीको रूप लिएको कोरोना भाइरसको प्रकोपबारे छलफल गर्न सरकारले सर्वदलीय बैठक बोलाउने भएको छ । मंगलबार सिंहदरबारमा बसेको कोरोनाको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो ।

निजी क्षेत्रसँग आवश्यक सहकार्य गरेर अघि बढेको सरकारले राजनीतिक तहमा पनि सहकार्यका लागि सरकारले छलफल गर्न लागेको हो । ‘सबै राजनीतिक दलसँग छलफल गरी सहकार्य रहेको सन्देश दिन छलफलको तयारी गरिएको छ, चाँडै छलफल हुँदैछ’, अर्थमन्त्री युवराज खतिवडाले पत्रकारलाई जानकारी दिए ।



उनले छलफलको मिति भने तय भइनसकेको बताए । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भए लगत्तै सर्वदलिय बैठक बोलाउने तयारी गरिएको छ ।

सम्बन्धित समाचार