१ सय २३ देशमा फैलियो कोरोना, मृतकको संख्या ४६ सय नाघ्यो

डब्लूएचओद्वारा विश्वव्यापी महामारीको घोषणा

कोरोना भाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिएको छ । विश्वस्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमणकै कारण चीनमा हालसम्म ३१ सय ६९ जनाको मृत्यु भएको छ भने इटालीमा ८ सय २७ जनाको मृत्यु भएको छ । इरानमा ३ सय ५४ जनाको, दक्षिण कोरियामा ६०, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८, जापानमा १५, बेलायतमा ८, नेदरल्याण्डमा ५, स्विटजरल्याण्डमा ४, जर्मनी र बेल्जियममा ३र३ जनाको मृत्यु भएको छ ।



विश्वस्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी महामारीको घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो समय भयावह भएको भन्दै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताए । भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन समेत आग्रह गरिएको छ । उनले कोरोना भाइरस नियन्त्रणको लागि उचित कदम चाल्न सबै देशका सरकारलाई आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचार