डिस्चार्ज भए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रवार साँझ प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा प्रधानमन्त्री ओली हात हल्लाउँदै बाहिरिएर गाडी चढे ।

१२ दिनको अस्पताल बसाइपछि उनी डिस्चार्ज भएका हुन् । फागुन १९ गते साँझ अस्पताल भर्ना भएका ओलीको २१ गते मिर्गौलाको प्रत्यारोपण गरिएको थियो ।



हरियो रंगको ज्याकेट र कटराइज पाइन्टमा अस्पतालबाट बाहिरिएका प्रधानमन्त्री ओलीलाई पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका नीजि चिकित्सक दिव्या सिंह शाह सहित सुरक्षाकर्मीले समाएर बाहिर ल्याएका थिए ।

सम्बन्धित समाचार