एनआईसी एशिया बैंकका ग्राहकलाई हायात रिजेन्सी होटलमा १५% छुट

एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्मको छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । यो योजना एक वर्षको लागि लागु हुने बैंक र होटलको समझदारी बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

समझदारीपत्रमा एनआईसी एशिया बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका थिए । समझदारी बमोजिम एनआईसी एशिया बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फुड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरेवापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै एनआईसी एशिया बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।



यसैगरी ग्राहकले देशभरका २,४०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न पनि सक्नेछन् ।

सम्बन्धित समाचार