नेकपा सचिवालय बैठकले गर्यो यस्तो निर्णय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ । बुधबार बसेको सचिवालय बैठकले एसईईपरीक्षा स्थगित गर्ने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयको स्वागत गर्दै भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले उपप्रधान तथा रक्षामन्त्री समेत रहेका उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलले एसईई स्थगित गर्ने निर्णय भएको विषयमा सचिवालयमा जानकारी गराएका थिए ।सचिवालयले सीमानाका र सार्वजनिक यातायातको क्षेत्रमा आवश्यक कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।



कारोनाको संक्रमण भएको अवस्थामा गरिने तयारीलाई अझ बढी प्रभावकारी ढंगले काम गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको उनले बताए । यसैगरी सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर,गुम्बा, मस्जित, चर्च जस्ता धार्मिक र सार्वजनिक सथलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन पनि प्रतिबन्ध लगाइने समन्वय समितिको निर्णयको स्वागत गर्दै सचिवालयले निर्णय विपरित काम गर्नेलाई कडा कारवाही गर्न पनि सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

सम्बन्धित समाचार