कोराना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन् । ती व्यक्ति यही मार्च ७ मा इटाली र जर्मनीको भ्रमण गरेर भारत आएको पाइएको छ । भारतमा कोरोना भाइरसका कारण विहीबार बेलुकासम्म १७७ जना संक्रमित भएका छन् । तीमध्ये १४८ जना भारतीय नागरिक रहेका छन् भने २५ जना विदेशी रहेका छन् ।
स्वास्थ्य अधिकारीका अनुसार संक्रमित भएकामध्ये २० जना भने सफल उपचारपछि घर फर्किका छन्।