कोरोना भाइरस नियन्त्रण गर्न आज साँझबाट देशभर कर्फ्यु

कोरोना भाइरस रोकथामका लागि भन्दै श्रीलंका सरकारले आज साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म देशभर कर्फ्यु लागू गरेको छ ।

विश्वरभर फैलिरहेको भाइरसबाट श्रीलंकामा हालसम्म ५९ जना संक्रमित देखिएका छन् । संक्रमणको लक्षण देखिएका २ सय ४ जना चिकित्सकको निगरानीमा छन् । कोरोना संक्रमण देखिएकाहरुलाई १५ वटा अस्पतालमा राखिएको छ । त्यसैले भाइरस संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले कर्फ्यु लगाउने भएको हो ।



श्रीलंकाली अधिकारीहरुले नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । यस्तै त्यहाँको सरकारले मार्च २० देखि २७ सम्म निजि र सरकारी कार्यालय बन्द गर्ने र सबैलाई घरबाट काम गर्न आग्रह गर्ने भएको छ । यसबारे सरकारले तयारी गरिरहेको छ ।

बिहिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार जनता क‍‍र्फ्यु घोषणा गरेका थिए ।

सम्बन्धित समाचार