के अप्रिल २९ मा पृथ्वीका सबै जीवजन्तुको अन्त्य हुन्छ ?

विगत कैयौं वर्षदेखि पृथ्वीको अन्त्य सम्बन्धमा विभिन्न भविष्यवाणी र अड्कलबाजीहरू भएका छन् । विभिन्न भविष्यवेत्ताले पृथ्वीको अन्त्यको बारेमा आफ्ना विभिन्न धारणाहरू राख्दै आइरहेका छन् ।

विभिन्न समाचार एजेन्सीमार्फत् प्राप्त सूचनाअनुसार नासाले अप्रिल २९ तारिखका दिन पृथ्वीको नजिकैबाट एउटा ठूलो उल्कापिण्ड वा धुम्रकेतु गुज्रिने बताएको छ । के यसले पृथ्वीलाई साँच्चिकै ठक्कर दिन्छ वा नजिकै भएर मात्रै जान्छ यस बारेमा वैज्ञानिकहरू भन्न सक्ने अवस्थामा छैनन् । उक्त उल्कापिण्ड हिमालय भन्दा ठूलो भएको बताइएको छ । आज भन्दा ६.६ करोड वर्ष पहिले त्यस्तै एउटा उल्कापिण्डले पृथ्वीलाई ठक्कर दिंदा पृथ्वीका डायनोसार लगायतका जीवजन्तुको लोप भएको थियो । एक दशकसम्म सूर्यको किरण पृथ्वीसम्म आउन पाएको थिएन र पृथ्वी हिउँमा परिणत भएको थियो । के अब अन्त्य हुने पालो मानिसको हो ?



अहिले समय राम्रो चलिरहेको छैन । कोरोनाले विश्वव्यापी रूपमा मानिसहरुलाई त्राही त्राही गराएको छ । हजारौं मानिसहरूको ज्यान गइसकेको छ । यदि यो उल्कापिण्ड पृथ्वीमा ठोक्कियो भने पृथ्वीको जीवनको ३ चोटी नष्ट हुन्छ । यो पृथ्वीको निकै नजिक आउने वाला छ । यदि यो खगोलिय पिण्ड अलिकता मात्र मभाभिअतष्यल भयो वा यसले आफ्नो बाटो बिरायो भने पृथ्वीको अन्त्य हुन सक्छ ।

यसको साइज ४ किलोमिटरको छ भनिएको छ । यो निकै तेज गतिमा आइरहेको छ । ३१,००० किलोमिटरको गतिमा आइरहेको छ । के यसले साँच्ची नै पृथ्वीलाई टक्कर दिएर मानवजातिको समूल नाश गर्दछ ? नासाका वैज्ञानिकले सटिक विश्लेषण गर्न सकेका छैनन् । आशा गरौं यो उल्कापिण्ड पृथ्वीको नजिक भएर जानेछ र परमेश्वरको अनुकम्पाले मानव जाति सुरक्षित हुनेछ ।

सम्बन्धित समाचार