आज फाँसीमा झुण्डिएर मर्दैछौं भन्ने निश्चित भए पछि मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ता रातभर चिलविल भए । उनीहरु थरथर कापीरहेका थिए । भित्तामा टाउको ठोक्काईरहेका थिए । तर उनीहरुको फाँसी रोकिने अदालती प्रयासहरु सबै असफल भईसकेको थियो । फाँसीबाट जोगाउन उनीहरु आफैलाई भुईमा लडिबडि गरीरहेका थिए ।
स्थानीय समय अनुसार उनीहरुलाई जेल प्रशासनले सवा ३ बजे उठायो । उनीहरुलाई नुहाउन लगायो । उनीहरुका लागि चिया मगाईयो र प्रशासनले तिमीहरुको अन्तिम ईच्छा के छ भनेर सोध्यो र तर अँह उनीहरुले कुनै ईच्छा बताउन मानेनन् बरु रोएर बसे । त्यसपछि उनीहरुलाई उनीहरु बसेको ठाँउबाट उठाएर लगियो । त्यस पछि सेतो कुर्ता र पाईजामा लगाईयो । त्यस पछि हतकडी र खुट्टामा नेल लगाएर तिहाडको तीन नं जेलको फाँसीघर तर्फ लगियो । त्यहाँ छेउमा पुगेपछि कालो थैलीले उनीहरुको शीर छोपियो । त्यसपछि अझ चिच्याउन लागे उनीहरु । एक जना त फाँसी घरमा भित्रिनासाथ लडेर चिच्याउन थाले । तर पनि उनलाई उठाएर फाँसीको तख्तामा उभ्याईयो ।
त्यसपछि पवन जल्लादले जेल निर्देशकको ईशारा अनुसार लिभर खिचेपछि उनीहरु झुण्डिएका थिए । जनवरी २२, फेब्रुअरी १ र मार्च तीनमा तय भएको फाँसीको मिति टर्दै सर्दै आएपछि चौथो पटक मार्च २० को लागि तय भएको थियो ।
२०१२ डिसेम्बर १६ मा साझँ साढे ६ बजे कुदिरहेको यात्रुबाहक बसमा ६ जनाले डाक्टर अध्ययन गरेर ईन्टर्न तयारी गरीरहेकी निर्भयामाथि सामुहिक बलात्कारपछि पाशविक यातना दिनुका साथै योनीमा रड घुसाएर क्रुर हत्या प्रयास गरेका थिए । त्यसपछि उनलाई उपचारको लागि सिंगापुर लगिएको थियो । तर १० दिन पछि उनको मृत्यु भएको थियो । र भारतभर फाँसीको माग सहित बिशाल र्यालीहरु भएको थियो ।
६ जनामध्य एकजना राम सिंहले दिल्लीको तिहाड जेलमा आत्महत्या गरेका थिए भने अर्का दोषी नावालग भएका कारण ३ बर्ष सुधार गृहमा बसेर छुटेका थिए ।
फाँसी पछि के भईरहेको छ ?
जब स्थानीय समय अनुसार फाँसी दिईयो साढे ५ बजे । त्यसपछि जेलको बाहिर रातिदेखि जम्मा भएका मान्छेहरुले नारा जुलुश गरे । ढिलो भए पनि न्याय नमरेको भन्दै उनीहरुले यसबाट सबै बलात्कारीले पाठ सिक्नु पर्ने भनेर हर्षोल्लास बनाए । अहिले पनि मानिसहरुले नाराबाजी गरीरहेका छन् ।
यसैबीच निर्भयाकी आमाले ढिलो भए पनि न्याय मिलेको भन्दै छोरीका लागि आफ्नो धर्म पूरा भएको बताईन् । ८ बर्ष लामो सघर्ष पछि छोरीको आत्माले शान्ति पाएको आमा आशाले बताईन् । अहिले चारै दोषीको शवको पोष्टमार्टमको तयारी भएको छ । पोष्टमार्टम पछि परिवारलाई शब दिने तर परिवारले नलगेमा जेल भित्रै दाहासंस्कार गर्ने तयारी जेल प्रशासनको छ ।
निर्भयाकी आमाको प्रतिकृया
मेरो छोरी देशको एउटा राम्रो डक्टर हुने चाहन्थिन् । तर सबै सपना मात्रै हैन जीवन नै सकिदिएका थिए अपराधीहरुले । केवल मेरी छोरी निर्भयामाथि बलात्कार मात्रै गरिएको थिएन, उनको शरीरलाई क्षत विक्षत पनि पारेका थिए । ढिलो भए पनि न्याय मिल्यो । देशका अरु छोरीहरुले पनि न्याय पाउन् , अरुको छोरीले अब यस्तो भोग्नु नपरोस् । भन्दै भावविव्हल भएकी थिईन् ।