भारतका ५० स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण

भारतका ५० जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । केही विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

अस्पतालहरूमा सुरक्षा उपकरण अभावका कारण डाक्टर र अन्य स्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा रहेको बताइरहँदा ५० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएको सूचना बाहिरिएको हो ।



योसँगै भारतमा अझ बढी त्रास बढेको छ । भारतमा आइतबार विहान ८ बजेसम्म कोरोना भाइरसको संक्रमणले ८६ जनाको मृत्यु भएको छ भने ३ हजार २७६ जनामा संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार